देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै मिलेमतोमा नेपाल ट्रस्टको जग्गा हिनामिना :कांग्रेस सांसद अधिकारी

देशान्तर

काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलकै मिलेमतोमा नेपाल ट्रस्टको जग्गा हिनामिना भइरहेको आरोप लगाएका छन् ।राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले प्रधानमन्त्री ओलीकै संरक्षणमा नेपाल ट्रस्टको जग्गा हिनामिना गरी व्यवसायीलाई दिइएको आरोप लगाए ।

नेपाल ट्रस्टको जग्गा हिनामिना हुँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुप लागेर बसेको भन्दै उनले आयोगको भूमिकाप्रति गम्भीर प्रश्न उठाए ।