देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकार छाड्ने

देशान्तर

काठमाडौं । उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ।

आज बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेपछि पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक गर्न लागिएको समाजवादीका एक पदाधिकारीले बताए।

‘सरकार छाडने निर्णय पदाधिकारी बैठकले गरेको छ, केही बेरमा आयोजना हुने पत्रकार सम्मेलनबाट औपचारिक घोषणा गरिनेछ,’ उनले भने ।

उपप्रधानमन्त्री यादवले यादवले हिजोको मन्त्रीपरिषद्‍मा संविधान संशोधनको ठाडो प्रस्ताव लगेका थिए, जो प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरी एकलौटी रुपमा ल्याएको भन्दै अस्विकार गरेका थिए।

सो अस्विकार गरेलगत्तै बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पदाधिकारी बैठकलगत्तै यादवले मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव सार्वजनिक पनि गरिदिएका छन्।