देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार साथबाट बाहिरियो समाजवादी पार्टी : उपेन्द्र यादव र मोहमद इस्तियाक राईद्वारा राजीनामा

देशान्तर

काठमाण्डौ 🙁 सत्ता(सहयात्री संघीय समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो ।

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले पदबाट राजिनामा दिनुभएको छ । सरकारमा सहभागी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नै नदिएपछि सरकार छाडेको समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले बताउनुभयो ।

उहाँले दुईबुँदे सम्झौताबाट सरकार पछि हटेको पनि बताउनुभयो । संविधान संशोधनका बारे पटक पटक प्रधानमन्त्रीसँग राख्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिएको उहाँले बताउनुभयो ।

सरकार दुईबुँदे सहमतिबाट पछि हटेको र सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएकाले राजिनामा दिएको मन्त्री यादवले दिनुभएको राजीनामा पत्रमा उल्लेख छ ।