देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा चुनावका लागि अधिकृत तोकियो

देशान्तर

काठमाण्डौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अधिकृत तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतका रूपमा खटाएको हो ।

आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार प्रदेश १ मा मोरङका मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रबहादुर कार्की, गण्डकीमा काजीबहादुर राईलाई निर्वाचन अधिकृत तोकिएको छ । प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिममा विदुर काफ्लेलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको हो । आयोगले न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतहरू खटाइएको जनाएको छ ।

  • प्रदेश १: मेदिनीप्रसाद पौडेल
  • प्रदेश २: राजकुमार खतिवडा
  • प्रदेश ३: महेन्द्रबहादुर काकी
  • गण्डकी प्रदेश: काजीबहादुर राई
  • प्रदेश ५: रितेन्द्र थापा
  • कर्णाली प्रदेश: राजेन्द्रकुमार आचार्य
  • सुदूरपश्चिम प्रदेश: विदुर काफ्ले

राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट २ वर्षे कार्यकाल पूरा गरेका १९ जना सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने भएकाले बाँकी १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।