देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुस १४ मा नयाँ सभामुख चयनका लागि निर्वाचन हुने

देशान्तर

काठमाण्डौं । संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ सभामुख निर्वाचन पुस १४ गते गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको अनुकूलताका आधारमा सचिवालयले १४ गते नयाँ सभामुख निर्वाचनको गृहकार्य गरेको हो ।

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले सभामुख निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार १३ गते बिहान १० देखि ५ बजेसम्म नयाँ सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय र्निधारण गर्ने तयारी छ भने १४ गते १ बजे बस्ने संसद् बैठकमा नयाँ सभामुख निर्वाचन गर्ने तयारी छ ।

निर्वाचनको मिति तीन दिनको समयावधि राखेर तोकिने परम्पराबमोजिम ११ गते बस्ने संसद् बैठकले पुस १४ गतेलाई निर्वाचन मिति तोक्ने तयारी गरिएको हो ।

महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १३ गते पदबाट राजीनामापछि उक्त पद रिक्त छ ।