देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति जारी गरी बैठक स्थगित गरेको जानकारी दिएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसमितिको बैठक २०७६ पुस १० गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७६ पुस ११ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।”

यसअघि गत पुस ४ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी बिहीबार १ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

मंसिर २६ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका पेस नहुने भएपछि असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल समूह लागातार केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।