काठमाडौं । उपसभामुख शिवमाया तुम्वाहाम्फेले सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्न शुक्रबार उपसभामुखबाट राजीनामा दिने भएकी छन् । उनले सभामुखका लागि आफ्नो दावी रहेको यसअघि बताए पनि उनहाँलाई पार्टीले सभामुख नबनाउने निश्चित भएपछि राजीनामा दिन लागेकीहुन् ।
आज राजीनामा दिने योजनामा रहेकी उनले समय अभावका कारण भोलि मात्र राजीनामा दिने तयारी गरेको संसद सचिवालयका प्रेसविज्ञ शेखर अधिकारीले बताए । नेकपाका दुई अध्यक्षबीच उहाँलाई समाजवादी पार्टीले छोडेका मन्त्रालयमध्ये एउटा दिने सहमति भएपछि उनी राजीनामा दिन सहमत भएको बुझिएको छ ।





प्रतिक्रिया