देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठक बस्दै, उपसभामुखलाई राजिनामा दिन नेकपाको दवाव

देशान्तर

काठमाण्डौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज दिउसो १ बजे बस्दै छ । आज बस्ने बैठक पनि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नै सञ्चालन गर्ने सम्भावना छ ।
आजको बैठकमा सभामुख निर्वाचनको तालिका पेश गरिने प्रमुख कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयले यही पुस १४ गते सभामुखको निर्वाचन गर्नेगरी निर्वाचन तालिका बनाएको छ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि पद खाली भएकाले नयाँ सभामुखको निर्वाचन गर्नु परेको हो ।

सभामुखमा आफ्नै पार्टीका नेतालाई ल्याउन लागेकाले सत्तारुढ नेकपाको दवावमा आजको बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने बताइएको छ । सभामुख र उपसभामुख एउटै पार्टीको बनाउन नमिल्ने संवैधानिक व्यवस्था भएकाले सभामुख आफ्नो पार्टीको नेतालाई बनाउनका लागि नेकपाले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा गर्न दवावव दिएको हो ।