देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

देशान्तर

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको नेपाली कांगे्रस केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । अपरान्ह १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रिय समितिको बैठक शुक्रबार १ बजेका लागि बोलाइएको हो । विभाग गठन, नेविसंघलगायतमा भागवण्डा नमिल्दा हिजोका लागि निर्धारण गरिएको बैठक शुक्रबार १ बजेकाका लागि सारिएको हो ।

सहमति जुट्न नसकेपछि केन्द्रिय समिति बैठक चारपटकसम्म स्थगित भैसकेको छ । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आएको छ । सहमति नभए आजको बैठक पनि वरिष्ठ नेता पौडेल पक्षले बहिष्कार गर्ने बताएको छ ।केही विषयमा सहमति भएपनि विभाग गठन, नेविसंघको भागवण्डा लगायतका दुबै समूहविच कुरा मिल्न सकेको छैन ।

सभापति देउवाले आफुखुशी विभाग गठन, भातृ संस्थाको नेतृत्व लिन खोजेको भन्दै अन्य नेतादले महाधिवेशन कार्ययोजना माग गर्दै आएका छन ।