देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहकारीका पदाधिकारीहरु लाइ अभिमुखीकरण

देशान्तर

दाङ। घोराही उप महानगरपालिका वडा नं १८ स्र्थिीत गिठेपानी, फुर्सेखाली मा रहेको एक्ता महिला बहुउदेश्य सहकारी संस्था लिमिटेडले आफना सदस्यहरु लाइ संहकारी सम्वन्धी जानकारी गराएको छ । संस्थाले आफना नया पदाधिकारी, लेखा समिती, ऋण उप समिती लाइ आफनो काम कर्तव्य, अधिकार तथा सहकारीको सिद्धान्त, संहकारीको महत्व, लगाएको विषयमा जानकारी गराएको हो । नया नेतृत्वलाइ काम गर्दा सहजता होस भन्ने उदेश्यले यसका वारेमा जानकारी दिएको संस्थाका अध्यक्ष रेवा अधिकारीले जानकारी दिइन । यसले नया पदाधिकारीहरु लाइ नयाँ योजना निर्माण गरेर अगाडि वढन समेत सहजता हुने उनको भनाइ रहेको छ । तालिमको प्रशिक्षकमा अञ्जनकुमार पौडेल रहेका थिए । उद्घाटन कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष यसोदा पाण्डे लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष रेबा अधिकारीको अध्यक्षतामा भएको थियो । उद्घाट कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक नर्मदा शर्माले गरेकी थिइन । तालिममा संस्थाका भरखरै चयन भएका पदाधिकारी, लेखा समितीका पदाधिकारी, ऋण उप समितीका पदाधिकारी, संस्थामा आवद्ध नया साधारण सदस्यहरु गरि ३० जनाको सहभागिता रहेको थियो ।