देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा बसेको बैठकमा प्रचण्डलाई ओलीसँगै फरकफरक कुर्सीमा

देशान्तर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरकफरककुर्सी पाएका छन् ।

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै बस्ने गरी परकफरक कुर्सी पाएका हुन् । यसअघिका बैठकमा प्रचण्ड अन्य सचिवालय सदस्यसँगै सोफामा बस्ने गरेका थिए ।

मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार सुम्पेको थियो । प्रचण्ड कार्यकारी अध्यक्ष भएपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा फरकफरक कुर्सी नभएको भनेर समाचार आएका थियो ।

मंसिर २९ गते भएको नेकपा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गरेको भएपनि उनी अन्य सचिवालय सदस्यसँगै सोफामै बसेका थिए भने अध्यक्ष केपी ओली छुट्टै कुर्सीमा अगाडि बसेका थिए ।