देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३ जलविद्युत आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत

देशान्तर

काठमाडौँ । लगानी बोर्डले तीन जलविद्युत आयोजनाको  लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतवार प्रधनमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ४२ औं बैठकले सो निर्णय गरेको हो ।

कोरियली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि करिब ६५ अर्ब, चिनियाँ कम्पनीले नै निर्माण गर्न लागेको ५० मेगावाटको मस्र्यांदीबेसी जलविद्युतका लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाका लागि ८ लाख २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । कारोबार दैनिकमा खबर छ ।