देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमा विवादमा वार्ताका लागि भारतलाई नेपालको अर्को प्रस्ताव

देशान्तर

काठमाडौं । नेपालले सीमा विवादबारे भारतसँग छलफल गर्न परराष्ट्र सचिवस्तरीय वार्ताको नयाँ मिति प्रस्ताव गरेको छ ।

भारतले आठौं संस्करणको राजनीतिक नक्सा प्रकाशित गर्दा नेपाली भूमि पनि आफ्नोतिर पारेपछि नेपालले विरोध गरेको थियो र मंसिर ६ गते कूटनीतिक नोट पनि पठाएको थियो । जसमा वर्षौको सीमा विवाद हल गर्ने उपयुक्त समय आएको भन्दै वार्ताका लागि मिति प्रस्ताव गरिएको थियो । भारतले त्यसको जवाफ पुस ३ गतेमात्रै पठायो, जतिबेला वार्ताका लागि प्रस्तावित मिति घर्किसकेको थियो ।

यद्यपि भारतको पत्रमा नेपालको प्रस्ताव स्वीकार गरी सीमा समस्या समाधानका लागि वार्तामा बस्न तयार भएको आशय प्रकट भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए