देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसका दुई गुटको बैठक एकैपटक छुट्टाछुट्टै ठाउँमा जारी

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको उम्मेद्वार छान्न बिहीबार दिउँसो पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाए पनि पौडेल पक्षले महामन्त्री सशांक कोइरालको निवासमा भेला भएर छुट्टै बैठक गरेको हो।

देउवाले २ बजे बैठक बोलाए पनि दिउँसो सवा ४ बजेसम्म पौडेल पक्ष नआएपछि केहीबेर अघि केन्द्रीय कार्यसमितिको बैठक सुरु गरेका छन्।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले देश सञ्चारसँग भने, ‘दुई घण्टा कुर्दा पनि उहाँहरु नआउनुभएपछि सभापति भर्खरै बैठक सुरु गर्नुभयो। म अहिले भित्र छिरिसकें।’ केन्द्रीय समिति बैठकले सातै प्रदेशका राष्ट्रियसभा सदस्यको उम्मेद्वार टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि आइतबार मनोनयन तोकिएको छ। उता संस्थापन पक्ष एकलौटी रुपमा अघि बढेको भन्दै पौडेल पक्षले महाराजगञ्जमा बैठक गरिरहेको छ।

भेलामा संस्थापनविरुद्ध कसरी प्रस्तुत हुने र घोषित १४औं महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्ने भन्ने विषयमा कुराकानी भइरहेको सहभागी एक नेताले जानकारी दिए। भेलाले आफू पक्षीय जिल्ला सभापतिहरुको छुट्टै भेला पुस २१ गते काठमाडौँमै बोलाउने निर्णय समेत गरेको छ।