देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाले छान्यो राष्ट्रियसभाका उम्मेदवार , नारायणकाजी र वेदुराम भुसाल पनि उम्मेदवार

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ ।