देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगो ताप्‍ने क्रममा काठमाडौंको असनमा आगलागी ४ वटा दमकलले आगो निभाउँदै

देशान्तर

काठमाडौं । काठमाडौंको असनमा एउटा घरमा आगलागी भएको छ । शुक्रबार बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ ।

काठले बनेको उक्त घरमा ठूलो आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् । आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।