देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

देशान्तर

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्काे विपक्षी दल समाजवादी पार्टीबीच आउँदाे माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रदेश नं २ मा हुने चार पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा, ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।