देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डले पछिल्ला राजा महाराजाहरू देशभक्त नभएको आरोप लगाएका छन्

देशान्तर

काठमाडौं स् सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँमा अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन्। ‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके’ उनले भने, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन्।’ ‘अग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली हतियारकै माध्यमबाट ५०र६० जनाले घुँडा टेकाएका थिए। तर, त्यस्तो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजे’ उनले भने।

नेपाली वीर गोर्खालीको सन्तानले देशको लागि गरेको वीरता चानुचुने नभएको इतिहास सम्झिए। ‘देशको वीरताको रूपमा परिचित स्थानहरुको उनीहरूले बेवास्ता गरेका थिए। त्यसलाई अहिले हामीले पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेर विकासको काम थालेका छौँ’ उनले भने। उनले विदेशी शक्तिसँग पछि हटेका राजा महाराजाले नगरेको काम गणतन्त्र आएपछि नेकपा सरकारले खोजी गरेकोसमेत जिकिर गरे। राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको जनाए।