देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा निर्वाचनको आज अन्तिम दिन मतदाता नामावली प्रकाशन गरिदै

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन कार्यक्रम अन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । अपरान्हसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामवली प्रकाशन हुने आयोगले जानकारी दिएको छ ।

निर्वाचनका लागि भोलि उम्मेदबारी दर्ता हुँदैछ । उम्मेदवार विरुद्ध उजुरी दिने समय आइतबारका लागि निर्धारण गरिएको छ । निर्वाचन भने माघ ९ गते हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तहअन्तर्गत गाँउपालिका अध्यक्ष र उपाध्यक्ष र नगरप्रमुख र उपप्रमुख १ हजार ५ सय ६ जना गरी २ हजार ५६ जना मतदाता छन् ।