देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बैठक बोलाइएको प्रवक्ता किरण गिरिले जानकारी दिए ।

उनले बैठकमा पार्टीको भावि कार्यक्रम, नीति र संगठन सुदृढीकरण एवं विस्तारबारे छलफल हुने जानकारी दिए । बैठकमा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यहरु हरि बहादुर बस्नेत र नवराज सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसअघि ९ पुसमा बसेको बैठकले पार्टीको भावि योजनाका बारेमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्न बस्नेत र सुवेदीलाई जिम्मा दिएको थियो ।