देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

देशान्तर

काठमाडौं । माघ ९ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ।  मनोनयन दर्ता गराएका कुनै व्यक्ति उम्मेदवार हुन अयोग्य भएको कसैलाई लागेमा उनीहरुले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारको विरोधमा आज दिउँसो ४ बजेसम्म उजुरी गर्न सकिनेछ। भोली (मंगलबार) उम्मेदवारको मनोनयनपत्र र उजुरी जाँचबुझ गरी बुधबार नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यस्तै, पुस २४ गते उम्मेदवारलाई नाम फिर्ताको समय दिइएको छ।

पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सोही दिन निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ।  राष्ट्रियसभामा रिक्त हुने १८ पदका लागि आइतबार ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुँदैछ।