काठमाडौं । कांग्रेसमा असनतुष्ट समूहको मागलाई बेवास्ता गरि पेलेरै अगाडि बढिरहेका सभापति शेरबहादुर देउवा अन्तत आफ्ना निर्णण सच्याउन तयार भएका छन् । असन्तुष्ट समूहको निरन्तरको दबाबपछि सभापति देउवा गत ११ पुसको केन्द्रीय समिति बैठकबाट गरिएका निर्णयहरु पुर्नविचार गर्न सहमत भएका छन् ।
११ पुसको ब्रठकले बहुमतको निर्णयबाट पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् ।
असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूलाई बोलाएर निर्णय फिर्ता गर्न दबाब दिँदै आएका छन् । सोमबारबाट सुरु सभापतिको भेला आजपनि बस्ने छ ।
कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले पार्टी केन्द्रीय समिति बैठकमार्फत भएको निर्णयमा केही परिमार्जन गर्न सभापति तयार रहेको बताए ।
सहमहामन्त्री महतले पार्टीको बैठकबाट भएका विषयलाई बैठकबाट नै सच्याइने बताए । तर त्यसका लागि बैठकमा आउन असन्तुष्ट समूह तयार रहनुपर्ने बताए ।
सभापति देउवाले केन्द्रीय समितिबाट भएको सच्याउँदा नेपाल विद्यार्थी संघ र तरुण दलको विषयलाई समेत सँगै टुंग्याउने मनस्थिति बनाएका छन् ।
कांग्रेस काठमाडौं सभापति सबुजकृष्ण बानियाँले बैठकमा केही जिल्ला सभापतिले धारणा राख्न बाँकी रहेका कारण आज समेत निरन्तर बैठक चल्ने जानकारी दिए ।
भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिले केन्द्रीय तहबाट बहुमत र अल्पमतका आधारमा हुने निर्णयप्रति असन्तुष्टि जनाएको नुवाकोट सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।





प्रतिक्रिया