देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा हिमपातका कारण जनजीवन कष्टकर बन्दै

देशान्तर

मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडमा पर्ने झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो बढेपछि गाईवस्तु चराउन समस्या भएको हो । हिमपातका कारण गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेको छ, गाईवस्तु गोठबाहिर निकाल्न समेत समस्या भएको छ ।

हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले तेस्रो पटक हिउँ परेपछि भने स्थानीय किसान बाली सप्रिने आशमा खुशी भएका छन् । डोटीका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका क्षेत्रमा मसिनो पानी परिरहेको छ । हिमपातका कारण स्थानियहरु घरबाहिर निस्किन नसकेपछि घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन ।
चिसोले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । पानी र हिमपातका कारण तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग र समस्या निम्तिने भएकाले यसबाट बच्न डाक्टरहरुले स्थानीयलाई सुझाव दिनुएका छन ।