चितवन । दैनिक ४ घण्टा बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्डको अवरोध हटेको छ । बिहीबार (हिजो)देखि पूर्णरूपमा सडक सञ्चालनमा आएको सडक आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर शिव खनालले जानकारी दिए ।
सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको हो । दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो ।
अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारीसाधन रोक्दै पूरा गरिने खनालले जानकारि दिए ।
नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गएको मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारीसाधनलाई रोकेर काम हुँदै आएको थियो ।





प्रतिक्रिया