देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

देशान्तर

नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।