देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाल्पाको रामपुरबाट तनहुँको आउदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु २५ जना घाइते

देशान्तर

पाल्पाको रामपुरबाट तनहुँको भिमाद तर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा परि घाइते भएकी घिरिङ– ३ बस्ने बर्ष–४२ कि नानुमाया गुरुङको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले जानकारी दिए ।

सो दुर्घटनामा परि २५ यात्रु घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएकाहरुलाई उपाचरका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए ।ओभरस्पिड र क्षमता भन्दा बढी यात्रु वोकेका कारण बस दुर्घटना भएको हुन सक्ने ट्राफिक कार्यालय तनहुँका प्रहरी प्रमुख अधिकारीले वताए ।