स्रोत नखुलेको सात हजार अमेरिकी डलरसहित प्रहरीले रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका २२ वर्षीय कान्छाकुमार घलेलाई पक्राउ गरेको छ । शनिबार बिहान रसुवागढी नाका हुँदै केरुङ जान लागेका वेला उनी पक्राउ परेका हुन् ।
बिहान सवा ९ बजे प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । स्रोत नखुलेको डलर लैजान लागेको सूचनाको आधारमा उनलाई प्रक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले बताए । प्रक्राउ परेका घलेलाई जिल्ला प्रहरी कार्यालयमा पठाउने उनको भनाइ छ।





प्रतिक्रिया