देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई हजार घुस लिएको आरोपमा प्रहरी जवान खड्का पक्राउ

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जम्मा दुई हजार रुपैयाँ घुस/रिसवत लिएको आरोपमा  प्रहरी जवानलाई पक्राउ गरेको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।