काठमाण्डौं । आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व देशैभरि छरिएर रहेका विभिन्न जातजातिका समुदायले भिन्न-भिन्न नाममा यसलाई भिन्नाभिन्नै तरिकाले मनाउदै छन् ।
सनातन धर्मावलम्बीले माघेरमकर संक्रान्ति मनाइरहँदा थारु समुदाय नयाँ वर्षको रूपमा माघीको उत्सव मनाइरहेका छन्। यस्तै, काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ। तराईमा तिला संक्रान्ति मनाउने परम्परा छ।
माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो। उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन्। मगर समुदायमा आजको दिनमा चेलिवेटी पुज्ने गरिन्छ। लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्वा तङनामको रुमा मनाउँदै आएका छन्। उनीहरुले आजको दिनलाई येले सम्बत् सुरु भएको दिनको रुपमा नयाँ वर्षको रुपमा मनाउँछन्।
राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् -राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेकि छिन । मकर सङ्क्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेकि हुन ।
यस्ता पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पु¥याएको विश्वास व्यक्त गरेकि छिन ।
प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त:
प्रधानमन्त्री केपी शर्मा ओलीले माघी तथा माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएका छन्। उनले शुभकामना सन्देश जारी गर्दै थारु, मगर लगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका हुन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उनले बताएका छन्।
नेकपाका अध्यक्ष दाहालको शुभकामना:
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माघी तथा माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिएका छन्।
“थारु, मगरल गायतका आदिवासी जनजाति एवं आम नेपालीहरुले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गर्दछु,” अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै भनेका छन्।





प्रतिक्रिया