काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे जथाभावी बोल्दै नहिँड्न कडा निर्देशन दिएका छन् ।
पुस २८ गते सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीबारे मन्त्री र केही नेताहरुले नबुझिकन बोल्ने गरेकोमा आपत्ति जनाउँदै यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा एक मन्त्रीले एमसीसीबारे बाहिर विरोध भइरहेको र पार्टीकै नेताहरु समेत एमसीसीको विपक्षमा उभिएको प्रसंग निकालेपछि प्रधानमन्त्रीले एमसीसी नेपालको जलविद्युत र सडक विकाससँग जोडिएको भन्दै यसको विरोध गर्नुको औचित्य नभएको बताएका थिए ।
उक्त बैठकमा पार्टीका स्थायी समिति सदस्य भीम रावलले एमसीसीको चर्को विरोध गरेको र उनलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको प्रसंग समेत निस्किएको थियो । यो प्रसंग उठ्ने वित्तिकै प्रधानमन्त्री ओली कड्किन पुगेका थिए ।





प्रतिक्रिया