देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्ष ओली र दाहालबीच भेटवार्ता, सभामुखमा समहति जुटेन

देशान्तर

काठमाडौं  .  नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। पार्टीभित्र सभामुखको उम्मेदवार चयनको विषयले रडाको मच्चिरहेको बेलामा उनीहरूले भेट गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। भेटका क्रममा सभामुखको विषयमा छलफल भएको स्रोतको दाबी छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि नेकपाभित्र सभामुख चयनको विषय प्रवेश भएको थियो। तर, ओली र दाहालको आआफ्नै अडानले नेकपाले सभामुख चयन गर्न सकेको छैन।

प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा छन्। तर, अध्यक्ष दाहाल अग्निप्रसाद सापकोटालाई बनाउनुपर्ने अडान कसिरहेको छ। पार्टी एकतापछि तत्कालीन माओवादी केन्द्रको भागमा परेको हुनाले प्रचण्डले आफ्नो भाग नछोड्ने अडानमा छन्। यता, दुई शीर्ष नेताहरूको विवादमा उपसभामखु शिवमाया तुम्बाहाङफेले पनि सभामुखको दाबी नछोड्दा नेकपाले सभामुख चयन गर्न सकेको छैन।

सचिवालयको निर्णयमार्फत उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा गराउने निर्णय भए पनि उनले सभामुखको टुंगो लागेपछि मात्रै राजीनामा दिने अडानमा छिन्।