देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘ए’ डिभिजन लिग : सातौं चरणका खेलहरु आज सकिँदै

देशान्तर

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणका खेलहरु आज सकिँदैछन् । सातौं चरणको अन्तिम दिन आज ब्रिगेड ब्वाइज क्लबले संकटासँग खेल्दा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ ।

आजको खेल जितेको खण्डमा आर्मी क्लबले अंक तालिकाको शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउनेछ । आर्मी क्लबले ६ खेलबाट १३ अंक जोडेको छ ।

एक खेल बढी खेलेको मच्छिन्द्र क्लब समान १३ अंकको साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको मनाङ मस्र्याग्दी क्लबको पनि १३ अंक नैं छ ।