देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख-उपसभामुख मध्ये एक पदमा कांग्रेसको दाबी

देशान्तर

काठमाण्डौं । नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दाबी हुने स्पष्ट पारेको छ। सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टी दावेदारी हुने बताए। माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल लिंगको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागु हुने उनको भनाई छ।
नेपाली कांग्रेससँग बहुमत भएका कारण उसले आफूले सभामुख र उपसभामुख मध्ये एउटा जिम्मेवारी सम्हाल्ने र नेपाली कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले सभामुख उपसभामुख मध्ये सत्तारुढ दलसँग हुने समझदारी अनुसार उम्मेदवारी दिइने बताए।

सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि सापकोटालाई अगाडि सारेको छ। माघ १२ गते सभामुखको निर्वाचन हुँदैछ।