देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना आजै गर्न आयोगको निर्देशन

देशान्तर

राष्ट्रियसभा सदस्य पदका लागि भइरहेको निर्वाचनको मतगणना बिहीवारै हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै अपराह्न ४ बजे मतदान सकिएपछि बिहीवारै मतगणना हुने जनाएका छन् ।

निर्वाचनअन्तर्गत बिहान १० बजेदेखि मतदान भइरहेको छ । मतदानमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष सहभागी भइरहेका छन् ।

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डोटीमा मतदान भइरहेको छ ।
‘आज नै मतगणनाको कार्य प्रारम्भ गर्न मतगणना सम्बन्धी निर्देशिकासहित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन गरिसकिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।