देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भ्रष्टाचार नियन्त्रणमा राम्रो प्रगतिको संकेत : सरकार 

देशान्तर

काठमाडौं  । सरकारले भ्रष्टाचार नियन्त्रणमा राम्रो  प्रगतिको संकेत देखिएको बताएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भ्रष्टाचार नियन्त्रणमा सकारात्मक संकेत देखिएको बताए । ट्रान्सपरेन्सी इन्टरनेसनले बिहीबार १८० देशको सन् २०१९ को भ्रष्टाचार हुने देशको सूची सार्वजनिक गरेको थियो .
जसमा  सन् २०१८ मा नेपाल १२४ औं स्थानमा रहेकामा अहिले ११ स्थान उक्लँदै ११३ औं स्थानमा पुगेको उल्लेख छ । त्यसैतर्फ लक्षित गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भ्रष्टाचार नियन्त्रणमा राम्रो प्रगतिको संकेत देखिएको बताए ।