देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

देशान्तर

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । घरेलु मैदानमा हुने पहिलो एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

शुक्रबार घोषणा भएको टोलीमा दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । जसमा कमल सिंह ऐरी र सुशन भारी रहेका छन् । स्पिनर बसन्त रेग्मीको स्थानमा सुशन भारीले मौका पाए भने अलराउण्डर सोमपाल कामीको स्थानमा कमलसिंह ऐरीले स्थान बनाए ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेसावाकर र ललित राजबंशी

वैकल्पिक खेलाडी

पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशोर महतो