देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिउँमा हराइरहेका सात जनाको खोजी गर्न गएको उद्धार टोली फर्कियो

देशान्तर

कास्की – अन्नपूर्ण पदमार्ग (एबीसी) क्षेत्रमा हराइरहेका सात जनाको खोजीमा गएको उद्धार टोली फर्किएको छ ।

बाक्लो हिउँ र धेरै चिसोका कारण उद्धारकर्ताहरु नै जोखिममा परेपछि तत्कालका लागि उद्धार कार्य स्थगित गरेर टोली फर्किएको ट्रेकिङ एजेन्सिज् एसोसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

अन्नपूर्ण आधारशिविर नजिकैको हेङ्कु क्षेत्रमा गएको शुक्रबार हिमपहिरो जाँदा चार जना कोरियन र तीन जना नेपाली हराइरहेका छन् । उनीहरुको खोजीका लागि उच्च प्रविधिसहितको कोरियाली र तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको टोली खटिएको थियो ।

कोरियालीसँग रहेको ’मेटल डिटेक्टर’ उपकरणले हिउँभित्र केही वस्तु रहेको सङ्केत दिए पनि हिउँ र चिसोका कारण खोजी गर्न नसकिएको अध्यक्ष भुजेलले बताए ।