देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अग्‍नि सापकोटा सभामुख हुने भएपछि राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

देशान्तर

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । ०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त प्याकुरेलले फौजदारी अभियोग लागेका अग्‍नि सापकोटा सभामुख बन्‍ने पक्का भएपछि असन्तुष्टि जनाउँदै शुक्रबार राजीनामा दिएका हुन् ।

उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।

सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो ।

आफैले विगतमा रिट हालेका व्यक्ति सभामुख बन्न लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उमेदवारी परेको छ ।