देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार मनाङ्गेलाई पक्राउ गरेको थियो ।

म्याद थपपछि पत्रकारसँग कुरागर्दै मनाङ्गे आफू जेका लागि लडेको त्यसमा सफल भएको प्रतिक्रिया दिए । मनाङ्गेविरुद्ध अभद्र व्यवहार सम्बन्धी जाहेरी दिने जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले शुक्रबार बैंकिङ कसूर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको छ ।