चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन्।पत्रकारसँग कुरा गर्दै सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको उनले बताए ।
प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटाविरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’ सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै प्रचण्डले थपे, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’





प्रतिक्रिया