देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच उपसभामुखकाे बारेमा छलफल

देशान्तर

काठमाडाै‌ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

शनिबार विहान १० बजेदेखि ओली, प्रचण्ड र देउवाबीच छलफल भइरहेको हो। देउवाका सहयोगी भानु देउवाका अनुसार सभापति देउवा बालुवाटारमा छन्।प्रतिनिधिसभा संसदमा सभामुख निर्वाचन आइतबार हुँदैछ। नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै सभामुखमा उम्मेदवारी परेको छ।

तर उपसभामुख निर्वाचन प्रक्रिया भने अघि बढिसकेको छैन। नेकपा उम्मेदवार अग्निविरूद्ध पार्टीबाट उम्मेदवारी नदिएको कांग्रेसले आफूहरू संसदको दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी भएकोले उपसभामुख पाउनुपर्ने बताउने गरेको छ।

यसअघि गत शनिबार ओली, प्रचण्ड र देउवाबीच छलफलपछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित पदाधिकारी सत्ता(प्रतिपक्षले भागबन्डा गरी लिएका थिए।