भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको बताएका छन् ।
भक्तपुरको कमलविनायकमा रहेको भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनु को १०औँ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिँदै गएकोमा चिन्ता व्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाण्डौ उपत्यकामा अन्न रित्तिसकेको र तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था आउला भन्ने चिन्ता लागेको बताए ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पुर्याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनु पर्नेमा विशेष जोड दिए ।
नेपालका लागि जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताएका थिए ।





प्रतिक्रिया