काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयसँगै संस्कृति पर्यटन तथा नागरिक उड्ययन र परराष्ट्र मन्त्रालयलाई समेत यसमा सर्तकर्ता अप्नाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार पर्यटनमन्त्री योगश भट्टराई र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई निर्देशन दिएका हुन् ।





प्रतिक्रिया