देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाले लिए सपथ

देशान्तर

काठमाडौं । सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले आज सपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ खुवाएकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित छन् । प्रतिनिधिसभाको हिजोको बैठकले सापकोटालाई सर्वसम्मतरुपले सभामुख चयन गरेको थियो । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन् ।

सापकोटा विरुद्ध द्धन्द्धकालिन मुद्दा अहिले पनि विचाराधिन अवस्थामा रहेको छ । साथै, उनलाई सभाुमख हुनबाट रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सापकोटालाई सभामुख बनाउने निर्णय नेकपाले गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिएका थिए ।