देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाद्वारा चार विधेयक प्रमाणित

देशान्तर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणित गर्नुभएको छ । सभामुख सापकोटाले आफुले प्रमाणित गरिसकेपछि प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाइसक्नुभएको छ । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी थिए । संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि सम्बन्धी आठौँ संशोधन विधेयकमा सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका निम्ती पठाइएको प्रतिनिधिसभा सचिवालयले जनाएको हो ।

यी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि तोकिएको समयमा लागु हुने जनाइएको छ । औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भने थप छलफल गर्नुपर्ने भएकाले प्रमाणीत नगरिएको सचिवालयले जनाएको छ । विधेयक दुवै सदनबाट पारित भएर आउँदा पनि दफाक्रम नमिलेकाले कसरी प्रमाणित गर्ने भन्नेबारे छलफल पछि मात्रै प्रमाणित गर्ने तयारी भएको छ । दुवै सदनबाट पारित भएका विधेयक प्रमाणीकरण नहुँदै तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिनुभएको थियो ।