संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानकर्षण गराएका छन् । सून्य समयमा बोल्दै सांसद् गजेन्द्रबहादुर महतले सुदूरपश्चिममा छाउगोठ भत्काइएकोमा आपत्ति जनाए ।
सभामुख अग्नी सापकोटाले बोल्नका लागि १ मिनेटको समय उपलब्ध गराएपछि सांसद् महतले भने ‘काम नपाएकी बुहारीले पुछर कन्याएर बसेझैं ’ उखान प्रयोग गर्दै गृहमन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको प्रकरणलाई पनि यसैसँग जोडेका थिए ।
छाउगोठ भत्काउनेको नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा हाम्रो घर भत्काउन पाइन्छ ? आठजना मान्छे होटलमा मृत्यु भएको छ । के होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छे गाडीमा मृत्यु भएको छ । बस भत्काउँदै हिँड्ने, आगो लगाउँदै हिँड्ने ? त्यो पनि तरिका हुन्छ ? चाहिँदो काम गर्नुपर्यो । जिल्लामा जाने नुन बेचिया छ । औषधि बेचिया छ । भ्रष्टाचार भएको छ उनीहरूलाई समात्नु छैन । पुलको बेहाल छ ।
https://www.facebook.com/deshantarnews/videos/613677052763005/





प्रतिक्रिया