देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडाैंमा र ललितपुरका केही ठाउँमा बत्ती जाने

देशान्तर

काठमाडाैं र ललिपुरका विभिन्न ठाउँमा आज दिनभर बत्ती जाने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा ९ घण्टा बत्ती जाने भएको हो । चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले बत्ती जाने भएको हो ।

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती नआउने लिमिटेडले जनाएको हो । यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ  ।

यस्तै, ललितपुरका केही ठाउँमा शनिबार बिहानदेखि नै लोडसेडिङ हुने भएको छ । पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएको ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले ६ घण्टा लोडसेडिङ हुने भएको हो ।

शनिबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म जम्मा ६ घण्टा बत्ती निभाइने पुल्चोक वितरण केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय क्षेत्रलगायतका ठाउँमा बत्ती काटिनेछ ।