देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्षद्वय को राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट सर्वसम्मत पारित

देशान्तर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा समूहगत छलफल भएपछि हलले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको हो ।

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए । सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए ।