देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरबाट बालिका अपहरण गरी १६ लाख फिरौती माग, एक जना पक्राउ

देशान्तर

काठमाडौं । भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत नाम परिवर्तन को अपहरणमा संलग्न एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

थापाले फिरौतीवापतको रकम ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए । आइतबार दिउँसो मोटरसाइकलमा राखेर राउतलाई लगिएको सूचना प्राप्त भएलगत्तै खोजीमा प्रहरी परिचालित भएको थियो ।