देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उखु किसान आन्दोनका लागि काठमाण्डौ आउने

देशान्तर

काठमाण्डौ – सर्लाहीका उखु उत्पादक किसानहरु आन्दोलनका लागि फेरि काठमाण्डौ आउने भएका छन् ।

गएको पुष १८ गते सरकारसँग लिखित सहमति भएपछि घर फर्किएका किसानहरु सम्झौता अनुसार बक्यौता झुक्तानी नपाएपछि आन्दोलनका लागि फेरि काठमाण्डौ आउनु लागेका हुन् ।

उखु किसान सङ्घर्ष समितिले सर्लाहीले विज्ञप्ति निकालेर चैत १ गतेदेखि काठमाण्डौमा रिले अनशन सुरू गर्ने जानकारी गराएको हो । विज्ञप्तिमा फागुन मसान्तसम्ममा भुक्तानी नदिएमा चैत १ गतेबाट काठमाण्डौमा रिले अनशन गर्ने उल्लेख छ ।

सर्लाहीको अन्न्पूर्ण सुगर मिलले मात्रै किसानको झण्डै ४२ करोड भुक्तानी गर्न बाँकी रहेको किसानहरुले बताएका छन् ।